७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौ आइपुगे


0
Shares

काठमाडौं । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठक मा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौ उत्रिएका छन् ।

भारतमा नयाँ सरकार गठन भएपछि भारतीय विदेशमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।

भारतीय विदेशमन्त्री एस जयशंकर आएलगत्तै दिउँसो ३ बजेपछि बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनलाई स्वागत गर्न परराष्ट्र सचिब शंकरदास बैरागी, भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी हुनेछन् । संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची छ ।