२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


सुनको मूल्य घट्यो


0
Shares

काठमाडौं । सुनको मूल्य आज प्रतितोला एक हजार ३०० ले घटेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो बुधबारका तुलनामा रु एक हजार ३०० ले कम हो । छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन बुधबार तोलामा ९६ हजार २०० मा कारोवार भएको थियो । तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै एक हजार ३०० ले घटेको छ ।

यस्तै चाँदी भने तोलामा १० ले मात्रै ओरालो लागेको छ । प्रतितोला एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ ।