७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


सडक कारवाहीबाट एक करोड २० लाख राजश्व संकलन


0
Shares

सिन्धुली । सिन्धुलीमा सडक कार्वाहीबाट राजस्व संकलनमा वृद्धि भएको छ ।

सिन्धुलीको सिन्धुलीमाडीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले वीपी राजमार्गमा विभिन्न सवारी साधनबाट गत आर्थिक वर्षमा एक करोड २० लाख ४८ हजार रुपैया जरिवाना वापतको राजस्व संकलन गरेको छ ।

सो रकम गत आर्थिकको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिुन्धुलीले वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गलगायतका सडकहरुमा सवारी नियम उलंघन गर्नेहरुबाट जरिवाना गरी संकलन गरिएको हो ।

पछिल्लो समयमा सिन्धुली जिल्लाका राजमार्गहरुमा सवारी साधनहरुले नियम उल्लंघन गर्दा कारवाहीको संख्या पनि बढेको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गमा सञ्चालन हुने १७ हजार ७ सय २२ सवारी साधन कारवाहीमा परेका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

२०७४/०७५ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले एक करोड आठ लाख ५४ हजार ५०० रुपैँया राजश्व संकलन गरेको थियो ।