
काठमाडौं, भदौ ३ । निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एअरको उडानमा रोक लगाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एअरलाइन्सका जहाज उडानमा रोक लगाएको हो ।
जहाजमा राखिएका पार्टपुर्जामा सुरक्षा खतरा देखिएपछि तत्काल जहाजहरु ‘ग्राउन्डेड’ गर्ने निर्णय भएको जनाइएको छ ।
प्राधिकरणले प्रत्येक कम्पनीको छुट्टाछुट्टै सुरक्षा जाँच गर्नेक्रममा सिम्रिकको आइतबार र सोमबार जाँच गरिएको थियो ।
यसक्रमा जहाजमा प्रयोग भएका पार्टपुर्जा हवाई सुरक्षाका दृष्टिकोणले खतरापूर्ण पाइएसँगै उडानमा रोक लगाइएको र कम्पनीले बुधबारसम्म सुधार गर्ने प्रतिबद्धता जनाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।
सिम्रिक एअरले दुईओटा ‘बिजक्राफ्ट’ जहाजमार्फत् आन्तरिक उडान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्