२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


२४ घण्टामा ४०९ जना संक्रमित, ६ जनाको मृत्यु


0
Shares

काठमाडौं, पुस २२ । पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ ।

२४ घण्टामा ६ हजार ७०६ जनाको पीसीआर परीक्षण भएको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार १३३ छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८९९ रहेको छ ।