७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


सेयरबजारमा पुनः गिरावट, कारोबार थप खुम्चियो


0
Shares

काठमाडौं, भदौ ३ । मंगलबार सेयरबजारमा पुनः गिरावट आयो ।

अघिल्लो दिन सकारात्मक रहेको बजार यसदिन पुनः ओरालो लागेको हो ।

बजार परिसूचक नेप्से साढे ८ अंकले ओरालो लागेर १२ सय १३ मा आएर थामियो । कारोबार पनि थप खुम्चियो ।

व्यापार र सामूहिक लगानी कोष समूह नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूहमा गिरावट आयो ।

जीवनबिमा समूहमा सबैभन्दा उच्च ५६ अंकको गिरावट आयो । निर्जीवन बिमा समूह पनि २५ अंकले ओरालो लाग्यो । होटल, जलविद्युत् र लघुवित्त समूह पनि दोहोरो अंकले झरे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ अंकका ११ लाख ७३ हजार कित्ता सेयर जम्मा २७ करोड २५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।