महंगोमा बिक्यो सलमान खानको ‘राधे’, कति पर्याे मूल्य ? « Image Khabar


महंगोमा बिक्यो सलमान खानको ‘राधे’, कति पर्याे मूल्य ?


Imagekhabar
२२ पुष २०७७, बुधबार १४:३०

एजेन्सी । बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘राधे’ महंगो मूल्यमा बिक्री भएको छ । फिल्मको स्याटेलाइट, डिजिटल, हल र विदेश अधिकारको बिक्री महंगो मूल्यमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूका अनुसार ‘राधे’ लाई २ सय ३० करोड भारुमा जी स्टुडियोले खरिद गरेको हो ।

लकडाउनका कारण लामो समयदेखि सुस्त बनेको बलिउडमा २०२१ मा ठूला भनिएका स्टारहरूको फिल्म आउने भएको छ । सलमान खान, शाहरुख खान, रणबीर कपूर, अक्षय कुमार लगायतका कलाकारहरू लकडाउन खुलेसँगै सुटिङमा व्यस्त भएका छन् ।

नयाँ वर्षको शुभकामना दिनको लागि जारी गरेको भिडियोमा शाहरुख खानले आफूले २०२१ मा नयाँ फिल्म रिलिज गर्ने बताएका थिए । यस्तै रणबीर कपूर पनि ‘एनिमल’ नामक फिल्मको सुटिङको लागि तयार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्