काठमाडौं, भदौ ३ । नेपालमा भइरहेको एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा बंगलादेशले लगातार दोस्रो हार व्यहोरेको छ ।
पहिलो खेलमा सोमबार उज्वेकिस्तानसित ३–० ले पराजित भएको बंगलादेशले दोस्रो खेलमा मंगलबार अफगानिस्तानसित पराजय व्यहोरेको हो ।
ललितपुरको लगनखेलस्थित आर्मी कभर्डहलमा अफगानिस्तान ३–२ ले विजयी भयो ।
पहिलो सेट २५–२१ ले जिते पनि दोस्रो र तेस्रो सेट २५–१९ र २५–१८ ले गुमाएको अफगानिस्तानले चौथो सेट २५–२३ ले जितेर खेलमा फर्किएको थियो ।
अन्तिम सेट १५–१२ ले आफ्नो पक्षमा पार्दैै अफगानिस्तानले सेमिफाइनल सम्भावना जीवितै राखेको छ ।
हारले बंगलादेशको सेमिफाइनल सम्भावना लगभग सकिएको छ ।
सोमबार तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३–१ ले हराएको थियो ।








प्रतिक्रिया दिनुहोस्