Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


पलेस्वा पोखरीमा पार्किङ सन्चालनको विवाद टुंगियो


0
Shares

काठमाडौं, भदौ ३ । ललितपुर महानरपालिका–२०, न: टोलस्थित पलेस्वा पोखरीको पार्किङ सन्चालनको विवाद टुंगिएको छ ।

मंगलबार महानगरपालिका र स्थानीयबीच भएको वार्तापछि विवाद टुंगिएको हो ।

वार्तापछि नेपाल भ्रमण वर्ष २०२० सम्मका लागि उक्त पोखरी भएको स्थानमा पार्किङ सन्चालन गर्न दिइने सहमति भएको छ ।

यस्तै, सन् २०२१ जनवरीको तेस्रो हप्तादेखि पोखरी निर्माण सुरु गरिने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।

ऐतिहासिक पोखरी मासेर पाँच वर्षका लागि सवारी पार्किङको ठेक्का दिएपछि विवाद भएको थियो ।