
जनकपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भारतले एकतर्फी रुपमा बनाएका बाँधका कारण सिमावर्ती क्षेत्रका बस्ती डुबानमा पर्ने गरेको बताएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकलाई आज सम्बोधन गर्दै उनले वर्षेनी बाढी, डुबान र कटानबाट हुने क्षतिको दीर्घकालीन समाधानका लागि भारतसंग सहकार्य गर्नु पर्नेमा जोेड दिए ।
नेकपा अध्यक्ष दाहालले सीमाक्षेत्रमा भारतले बनाएका संरचनाका कारण सबैभन्दा बढी समस्या प्रदेश २ मै हुने गरेकोसमेत बताए ।
तराई–मधेशका जनताले भोग्दै आएका समस्या समाधानका लागि सरकार गम्भिर रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेकपा नेता माधव कुमार नेपालले विपद्मा राजनीति नगर्न आग्रह गरे ।
उनले विपद व्यवस्थापनका लागि सरकार गम्भिर रहेको बताउँदै आफूहरुले यस विषयमा सरकारमाथि दवाब बनाउँदै आएको बताए ।
कार्यक्रममा प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले पछिल्लो पटक आएको बाढी सहितका विपतमा संघीय सरकारले आवश्यक सहयोग नगरेको गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस्