२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


थप ५२२ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु


0
Shares

काठमाडौं, पुस २१ । नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंमा १७१, ललितपुरमा ५३ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५५१ पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ९३ पुगेको छ ।