६ श्रावण २०८२, मंगलबार | Wed Jul 23 2025


रामदाम परिवारको राष्ट्रिय भेला सम्पन्न, मन्त्री विश्वकर्माले भने : गणतन्त्रमा विभेद विडम्बना


52
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले रामदामहरुको एकताले दलित आन्दोलनलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

श्री रामदाम कल्याण केन्द्र प्रथम राष्ट्रिय भेलाको काठमाडौंमा उद्घाटन गर्दै मन्त्री विश्वकर्माले समाजमा व्याप्त जातिय विभेद, छुवाछुत र असमनतालाई जरैदेखि उखेल्न सवैको एकता हुनुपर्नेमा जोड दिए ।

नेपालमा लोकतान्त्रिक गणतन्त्रको आइसक्दा पनि दलित समुदाय अझै पनि जातिय विभेदको शिकार हुनुपर्ने विडम्बना भएको उनले बताए ।

विभेदको शिकार दलितमात्र नभई आफुलाई उपल्ला भन्ने जाति व्रम्हाण भित्र पनि व्याप्त रहेको उनको भनाई छ ।

जातिय विभेदलाई चिरेर अघि बढ्न रामदाम परिवारले दलित आन्दोलनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दैं उनले रामदाम परिवारको राष्ट्रिय भेलाबाट खुशी भएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय दलित आयोगका निर्वतमान सदस्य सचिव सिताराम घले परियारले रामदामको एकता र उत्साहबाट आफुहरु समेत प्रभावित भएको भन्दैं समाजको सवै किसिमको विभेदलाई चिर्न एकजुट हुनुपर्ने बताए ।

पण्डित आचार्य गुरु तुलसीराम पोख्रेलले वेदमा कुनै किसिमको विभेद नभएको भन्दैं पुराण रहेका कतिपय असमनताको बुँदामा आफ्नो विमती रहेको बताए । आर्य समाजका दलित तथा व्रम्हाणहरु एकै ऋषिका सन्तान भएको भन्दै मानिस जातले नभई कर्मले व्रम्हाण हुने उनको भनाई छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले विभिन्न जिल्लाका रामदामहरु यसरी ऐतिहाँसिक रुपमा भेट हुनु निकै ठुलो उपलब्धी भएको बताए । 

कार्यक्रममा जिल्ला अध्यक्ष तथा प्रतिनिधीहरुले रामदाम समुदायको एकताका लागि शुभकामना व्यक्त गरे ।

उक्त भेलाबाट पारस रामदामको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रिय समिति चयन गरिएको छ । समितिको  वरिष्ठ उपाध्यक्षःविपिन रामुदामु, उपाध्यक्षमहरुमा गोपाल रामदाम, सूर्यप्रसाद रामदाम, रणबहादुर रामदाम, हरिकुमारी रामदाम चयन भएका छन् ।

त्यस्तैगरी महासचिवमा संचारकर्मी सुसन सर्जन रामदाम सर्वसहमतले चयन भएका छन् ।

सचिवमा शिशिर रामदाम, कोषाध्यक्ष राजेस रामदाम र सह–कोषाध्यक्ष पार्वति रामदाम चयन भएका छन् ।

सो अवसरमा मन्त्री विश्वकर्मालाई सम्मान गरिएको थियो । रामदाम परिवारबाट समाजसेवाको क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई पनि सम्मान गरियो ।

कार्यक्रममा इन्डियन आइडलका प्रतिस्पर्धी सिक्किमका नेहलसिंह रामुदामुलगायतका कलाकारले गीत संगीत प्रस्तुत गरेका थियो ।