शिर्ष स्थानको लिभरपुल पराजित « Image Khabar


शिर्ष स्थानको लिभरपुल पराजित


Imagekhabar
२१ पुष २०७७, मंगलवार ०७:४०

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुललाई साउथह्याम्पटनले हराएको छ । गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा लिभरपुल १–० ले पराजित भयो । लिग लिडर लिभरपुलविरुद्धको कठिन खेलमा साउथह्याम्पटनलाई विजयी गराउन ड्यानी इंग्सले दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

हारका बाबजुद लिभरपुल प्रिमियर लिगको शिर्ष स्थानमा यथावत छ । १७ खेलबाट उसको ३३ अंक भएको छ । १६ खेलबाट ३३ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानको लेष्टर सिटीको ३२ अंक छ । साउथह्याम्पटन भने २९ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्