
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्ना सेना प्रमुख जावेद बाजवाको कार्यकाल तीन वर्ष थप गरेका छन् ।
वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राखेर जनरल बाजवाको कार्यकाल थप गरिएको प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ ।
जनलर बाजवाले नोभेम्बर २०१६ देखि पाकिस्तानी सेनाको नेतृत्व सम्हाल्दै आएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री नवाज सरिफले नियुक्त गरेका थिए ।
सेना प्रमुख बाजवाको कार्यकाल यही नोभेम्बरमा सकिँदै थियो । तर सरकारले २ महिना अघि नै तीन वर्षका लागि म्याद थप गरेको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्