
बाग्लुङ । बागलुङको गलकोटमा वर्षौदेखि बसोबास गर्दै आएका मुस्लिम समुदायलाई अन्तिम संस्कार गर्न समस्या परेको छ ।
बस्ती नजिक घाट नहुँदा अन्तिम संस्कारका लागि शव गाड्ने ठाउँको समस्या परेको हो ।
उनीहरु आफ्नो समुदायमा कसैको मृत्यु भए शवलाई बागलुङ बजारभन्दा केही तल कालीगण्डकीको छेउमा रहेको निरय घाटमा ल्याएर गाड्ने गरेका छन् ।
बस्ती नजिक घाट नहुँदा शवलाई गलकोटबाट उक्त स्थानमा ल्याउँदा उनीहरूले एकजनाको निधनमा गाडीलाई मात्र ६० हजार रुपैयाँसम्म तिर्न बाध्य छन् ।
शवलाई गलकोटबाट ल्याई कालीगण्डकी नदी किनारमा गाड्ने गरिएको स्थानीय बताउँछन् ।
स्थानीय सरकारले घाट व्यवस्थापनको लागि खासै चासो राखेको नदेखाएको उनीहरुको आरोप छ ।
हुनेखानेले शवलाई सहजै बागलुङ पु¥याउन सक्छन् भने गरिबहरुलाई सबै समुदायले आर्थिक संकलन गरेर घाटसम्म पुर्याउने गरेका गरेका छन् ।
उनीहरुले कुनै बेला शव बोक्ने गाडी नपाउँदा बोकेर घाटसम्म ल्याउनु परेको बताउँछन् ।
गलकोटदेखि घाटसम्म पुग्न उनीहरुले ५२ किलोमिटर दूरी तय गर्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस्