Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


बझाङमा नवजात शिशुको मृत्युदर घटाउन जोड


0
Shares

बझाङ । बझाङमा गर्भवती तथा सुत्केरी र नवजात शिशुको मृत्युदरलाई घटाउन जोड दिइएको छ । सोमबार जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले मातृ तथा शिशु मृत्युदरलाई घटाउन सबै पक्षको योगदान हुनुपर्नेमा जोड दिएका छन् ।

बझाङ जिल्लामा यसअघि नेपाल सरकार स्वास्थ्य कार्यालयअन्तर्गत बाल तथा मातृ मृत्युदरलाई घटाउन विभिन्न सेवा सुविधाका साथै जनचेतना कार्यक्रम गरिँदै आए पनि प्रभावकारी नभएकाले मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रमअन्तर्गत मृत्यु भएको कारणको लेखाजोखा गरेर थप प्रतिकार्यात्मक कार्यक्रम गरिने भएको हो ।

हाल बझाङमा सुत्केरी हुँदा गाह्रो भएका महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरेर मातृ मृत्यु दर शुन्यमा झरेको भएपनि नवजात शिशुको मृत्यु दर अझै रोकिएको छैन ।