
काठमाडौं, भदौ २ । उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
न्यायाधीश अधिकारीले न्याय परिषद्मार्फत् प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासमक्ष राजीनामा दिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्कीकाअनुसार राजीनामापत्रमा घरायसी समस्या भएको कारण पदबाट राजीनामा दिएको उल्लेख छ ।
घरायसी समस्याका कारण राजीनामा दिएको भनिए तापनि गोर्खा ब्रुअरीको अन्तःशुल्कको मुद्दामा क्षेत्राधिकार विवाद भएपछि उनी छानबिनमा परेका थिए । उनले ४० वर्ष न्याय सेवामा काम गरे ।
न्याय परिषद्ले उक्त विवादसम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वको छानबिन समितिसमेत गठन गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्