१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


अध्यक्ष दाहालले बोली सच्याए, माधव नेपालले भने : अपमानित गर्ने प्रयास भयो


0
Shares

जनकपुर । नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भनाइलाई बंग्याएर पार्टी एकता गर्नु गल्ती भएको भनेर प्रचार गरिएको प्रति आपत्ति जनाएका छन् ।

जनकपुर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष दाहालले आफूले पार्टी एकता नगर्दा विकल्पहरु हुन्थ्यो, तर पार्टी एकता भइसक्यो, अब यो पार्टीलाई सफल गर्नुको विकल्प नरहेको भन्ने आशयलाई बंग्याएर पार्टी एकता गर्नु गल्ती भयो भनेर प्रचार गरिएको जिकिर गरे ।

अध्यक्ष दाहालले नेकपाको सरकारलाई अव पाँच बर्ष काम गर्न कसैले पनि रोक्न नसक्ने दाबीसमेत गरे ।

उनले समृद्ध नेपाल र सुखी नेपालीको मुख्य आकांक्षा अनुसार सरकार अघि बढेको दाबी गर्दै अब संवैधानिक र कानुनी आधार तयार भइसकेकाले विकासले पनि विस्तारै गति लिने विश्वास व्यक्त गरे ।

नेता माधवकुमार नेपालले पार्टी एकता गर्दा वरिष्ठ नेताहरु छुटेकाले उनीहरुलाई पनि समेटेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

वरिष्ठ नेता नेपालले पार्टी एकतापछि गठन भएको विभिन्न विभागको निर्माणमा पार्टीका वरिष्ठ नेताहरुलाई अपमानित गर्ने प्रयास गरेको आरोप लगाउंदै पार्टी विधान र सरकार दुवै ठीक ढंगबाट चल्नुपर्ने बताए ।