इजरायलमा दुई हप्तामै १० लाख व्यक्तिलाई कोरोनाको खोप दिइयो « Image Khabar


इजरायलमा दुई हप्तामै १० लाख व्यक्तिलाई कोरोनाको खोप दिइयो


Imagekhabar
१९ पुष २०७७, आईतवार ०७:२४

काठमाडौं । इजरायलमा हालसम्म १० लाख भन्दा व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइएको छ । यो संख्यासंगै इजरायलमा कोरोना खोपको दर विश्वमै सबैभन्दा बढी देखिएको छ । इजरायलमा ११ दशमलव ५५ प्रतिशत मानिस खोप कार्यक्रममा सहभागी बनेका छन् ।

यसैगरी बहराइनमा ३ दशमलव ४९ र बेलायतमा एक दशमलव ४७ प्रतिशत मानिसले खोप लगाएको तथ्याङ्क छ । इजरायलमा डिसेम्बर १९ बाट फाइजर र बायोनटेनले संयुक्त रुपमा निर्माण गरेको खोप लगाउन शुरु गरिएको हो ।

६० वर्ष भन्दामाथिका व्यक्ति, स्वास्थ्यकर्मी र जोखिममा रहेका समुहलाई प्राथमिकतामा राखिएको छ । खोप लगाउने रफ्तार बढैसंगै प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुले फेब्रुअरीबाट देशमा महामारी नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।

इजरायलमा महामारीविरुद्ध अहिले तेस्रो चरणको देशव्यापी लकडाउन चलिरहेको छ । यता भारतमा पहिलो चरणमा करिब तीन करोड मानिसलाई निःशुल्क कोरोनाको खोप दिइने भएको छ ।

आउँदो जुलाई महिनाभित्र ३० करोडभन्दा बढीलाई खोप दिने सरकारले घोषणा गरिसकेको छ । खोपको देशव्यापी वितरणका लागि करिब १ लाख मानिसलाई तयारी अवस्थामा राखिएको छ । भारतमा दुईवटा खोपको लागि अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्