
कन्चनपुर । कञ्चनपुरको महाकाली यातायात व्यवस्था कार्यालयको सर्भरमा एकसातादेखि समस्या हुँदा कार्यालयको काम प्रभावित भएको छ ।
इन्टरनेट सेवा अवरुद्ध भएर सर्भर नचल्दा चालक अनुमति पत्रका लागि यातायात कार्यालय आएका सेवाग्राही मर्कामा परेका हुन् ।
चालक अनुमति पत्रको फारमका लागि एक सातादेखि यातायात कार्यालय धाउँदा पनि काम नभएको सेवाग्राहीको गुनासो छ ।
यातायात कार्यालयमा चालक अनुमति पत्रका लागि दैनिक चारदेखि पाँच सय जना सेवाग्राही आउने गर्दछन् ।
उता, काठमाडौंबाट इन्टरनेट नचलेकाले काम गर्न असजिलो भएको महाकाली यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी कविन्द्र जोशीले जानकारी दिए ।
उनले लाइसन्सको फारम, फोटो खिच्ने, राजस्व संकलनलगायत सबै काम अनलाइबाट हुने गरेको बताउँदै इन्टरनेट र सर्भरमा समस्या देखिकाले कामकाज ठप्प भएको बताए ।
जोशीका अनुसार इन्टरनेटमा एकसातादेखि समस्या देखिएको छ भने सर्भरको समस्या समाधानका लागि विभागमा पहल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्