काम गर्न नदिएपछि संसद विघटन गर्नुपरेको परराष्ट्र मन्त्रीको भनाइ, दाहाल र नेपाललाई पार्टीमा फर्कन आग्रह « Image Khabar


काम गर्न नदिएपछि संसद विघटन गर्नुपरेको परराष्ट्र मन्त्रीको भनाइ, दाहाल र नेपाललाई पार्टीमा फर्कन आग्रह


Imagekhabar
१८ पुष २०७७, शनिबार १४:०३

पाल्पा । परराष्ट्रमन्त्री तथा नेकपा ओली समूहका प्रवक्ता प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रैबाट काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गर्नु परेको बताउनु भएको छ ।

पत्रकार महासंघ पाल्पाले शनिबार तानसेनमा गरेको पत्रकार सम्मेलनमा उहाँले करिब दुई तिहाइ मत पाएका प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर काम गर्न नदिएको कारण प्रतिनिधिसभा विघटन गरेको बताउनुभयो ।

मन्त्री ज्ञवालीले पुष्पकमल दाहाल र माधव कुमार नेपालको पद लोलुपताका कारण पार्टीमा गम्भीर समस्या आएको भन्दै दाहालले पार्टी र सरकार कव्जा गर्न खोजेको आरोप लगाउनुभयो । ज्ञवालीले दाहाल र नेपाललाई पार्टीमा फर्कन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्