७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


नेप्से ९ अंकले ओरालो


0
Shares

काठमाडौं, भदौ १ । साताको पहिलो दिन आइतबार पनि पूँजी बजारमा गिरावट जारी रह्यो ।

यस दिन पनि बजार परिसूचक नेप्से झण्डै दोहोरो अंकले ओरालो लाग्यो । यसदिन नेप्से ९ अंक बढिले झरेर १२१४ विन्दुमा आइपुग्यो ।

उत्पादनमुलक समूह बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से ओरालो लागेको हो । जीवन बीमा समूह सबैभन्दा उच्च ८७ अंकले झ¥यो । यसदिन कारोबार पनि न्यून नै रह्योे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीको ११ लाख कित्ता शेयर ३२ करोड ९५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।