
काठमाडौं, भदौ १ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु भएको छ ।
असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए/तुलसी कन्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माण सुरु गरेको हो । मन्दिर पुनर्निर्माणका क्रममा मूल मन्दिर वरिपरि यसअघि राखिएको क्रंकिटको टाइबिम फुटाएर फलामे रड निकाल्न थालिएको छ ।
यसलाई हटाएर चुनासुर्की प्रयोग गरी मूल मन्दिर वरिपरिको प्यासेज पुनर्निर्माण थालिएको हो । हाल दैनिक ३० देखि ३५ श्रमिकले काम गरिरहेको कम्पनीले जनाएको छ ।
प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले हालसम्मको कार्य सन्तोषजनक ढंगले अघि बढेको बताए ।
प्रतिक्रिया दिनुहोस्