
काठमाडौं । बिहीबार स्वाब परीक्षण गराएका राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका अनुसार बिहीबार स्वाब परीक्षण गराएका ४४ सांसदमध्ये १ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै बिहीबार नै स्वाब परीक्षण गराएका ५६ जना कर्मचारीमध्ये ५ जनामा पनि संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबार बाट सुरु हुँदैछ । कोरोना संक्रमित सांसद अधिवेशनमा सहभागी हुन पाउने छैनन् ।
प्रतिक्रिया दिनुहोस्