६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


वन क्षेत्रमा बनेका घर टहरा भत्काउँदा नगरकोट तनावग्रस्त


0
Shares

जयराम बास्तोला

भक्तपुर, भदौ १ । नगरकोटमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउने क्रममा केहीबेर तनाव भएको छ ।

घरटहरा भत्काएको विरोधमा स्थानीयले टायर बालेर प्रदर्शन समेत गरेका थिए । सो क्षेत्रमा अवैधानिक रुपमा बनाइएका घरटहरा स्थानीयको विरोधकाबीच प्रहरी परिचालन गरेर वन कार्यालय, चागुनारायण नगरपालिका भत्काएको छ ।

जिल्ला वन कार्यालयले भक्तपुर र चागुनारायण नगरपालिकाले वडानम्बर ६ स्थित नगरकोटमा वनक्षेत्र अतिक्रमण गरेर बनाएका घरटहरा भत्काएको हो ।

यसअघि नगरपालिका र वन कार्यालयले वन क्षेत्रमा बनाएका भौतिक संरचना हटाउन सूचना जारी गरेका थिए ।   भक्तपुरको चागुनारायण र काभ्रेको मण्डनदेउपुरमा गरी करिव तीनसय घरटहरा वन क्षेत्र अतिक्रमण गरेर बनाइएको छ ।