५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024


मार्क्सवाद र एसियाली दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भोलि


0
Shares

काठमाडौं, भदौ १ । काठमाडौंमा सोमबार मार्क्सवाद र एसियाली दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ ।

प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने सम्मेलनमा नेपाल, भारत, चीन, कोरिया, बेलायतलगायतका राष्ट्रबाट मार्क्सवाद तथा पूर्वीय दर्शनका विद्वानहरुको सहभागिता रहने छ ।

सम्मेलनमा प्राचिनकालदेखि एसियाली दर्शनहरुको अध्ययन तथा अनुसन्धानबाट प्राप्त उपलब्धिमाथि छलफल हुने मार्क्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिले जनाएको छ । कार्यक्रममा समाज र दर्शनबारे चिन्तन प्रणालीका विषयमा नवीन अवधारणाबारे प्रामाणिक दृष्टिकोण र नयाँ दार्शनिक चिन्तन पद्धतिको विकास लगायतका विषयमा सहभागीहरुले छलफल गर्ने बताइएको छ ।