१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


दाहाललाई भेट्न गौतम पुगे खुमलटार


0
Shares

काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै तटस्थ रहेका नेकपा उपाध्यक्ष बामदेव गौतमले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।

दाहाल निवास खुमलटारमा शुक्रबार भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताइएको छ ।

राष्ट्रियसभाको अधिवेशन सुरु हुनुअघि गौतम दाहाललाई भेट्न खुमलटार पुग्नुभएको हो ।

नेकपाका राष्ट्रियसभा सदस्यहरुले बैठकमा प्रतिनिधिसभा विघटनको बारेमा कुरा उठाउने तयारी गरेसँगै गौतमले दाहालसँग छलफल गर्नुभएको हो ।

नेकपाको तत्कालीन ९ सदस्यीय सचिवालयमध्ये महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा प्रधानमन्त्री ओलीको समूहमा छन् ।

पूर्वमाओवादीका रामबहादुर थापा केही दिनको अन्यौलपछि ओली समूहमा लागिसक्नुभएको छ ।