९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


आपराधिक कार्यमा संलग्न सबैको सूची दिनोस् : गृहमन्त्री


0
Shares

प्रकाश मैनाली (इमेज)

सर्लाही, साउन ५ । गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका आपराधिक गतिविधि निस्तेज पार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार सर्लाहीको लालबन्दीमा नेपाल मगर संघ २ नम्बर प्रदेश समितिले आयोजना गरेको सम्मान तथा अभिनन्दन कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

जनतालाई ठग्ने, विकास निर्माणमा लापरबाही गर्ने र राज्यकोषको दोहन गर्ने सबैलाई कारबाही गरिने उनको भनाइ थियो ।

त्यस्तै, अपराध नियन्त्रण गर्नु गृह मन्त्रालयको जिम्मेवारी भएकाले आपराधिक कार्यमा संलग्न सबैको सूची गृह मन्त्रालयमा दिन मन्त्री थापाले आग्रह गरे ।

कार्यक्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश–२ लाई समृद्ध र विकसित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।