२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तानसेनमा रोपाइँजात्रा


0
Shares

पाल्पा, साउन ३२ । असारे रोपाइँको झल्को दिनेगरी शनिबार पाल्पाको तानसेनमा रोपाइँजात्रा निकालिएको छ ।

तानसेनबजारका सडकहरुमा तानसेन नगरपालिका–७, काजीपौवाबाट आएका किसानहरुले पञ्चेबाजा र असारेगीतको तालमा सडकमा धान रोप्ने, हलगोरुले जसरी सडकमा जोतेको अभिनय गर्दै र विभिन्न थरिका असारेगीत गाउँदै रोपाइँजात्रा देखाएका हुन् ।

मल्लकालीन समयदेखि नै तानसेन नगरसँग जोडिएका ग्रामीण भेगका किसानहरुले गाईजात्राको अर्काे दिन रोपाइँजात्रा गर्ने प्रचलन रहेको छ ।

यो वर्ष तानसेनमा एउटा समूहलेमात्र रोपाइँजात्रा सन्चालन गरेको छ ।

रोपाइँजात्रा सन्चालन गर्न अत्यधिक खर्च हुने र बजारबाट कम सहयोग प्राप्त भएकाले रोपाइँजात्राकोे रौनक कम हुँदै गएको हो ।