८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024


कर्मचारीले जिम्मेवारी पूरा नगरे गम्भीर परिणाम भोग्नुपर्छ : मन्त्री पण्डित


0
Shares

डम्मर बुढामगर (इमेज)

बागलुङ, साउन ३२ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

जिल्ला वडा संघ बागलुङको प्रथम अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्न आलटाल गर्न नहुने स्पस्ट पारे ।

कर्मचारी अपुग रहेका स्थानीय तहमा पदपूर्तिको प्रक्रिया चलिरहेको बताउँदै मन्त्री पण्डितले बाँकी ‘कोटा’का लागि लोकसेवा आयोगले पुनः विज्ञापन गर्ने बताए ।

उनले गत वर्ष व्यवस्थापनको काममा बढी समय खर्चिनुपरेको भन्दै अब सेवा प्रवाह र विकास निर्माणलाई तीव्रगतिमा अगाडि बढाइने दाबी गरे ।

अहिलेसम्म विकासका गतिविधिमा उठेका प्रश्नहरु अब समाधान हुने उनको भनाइ थियो ।