
काठमाडौं । काठमाडौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले धर्म, संस्कृतिको संरक्षणबाट मात्र मुलुुकको पहिचान सम्भव हुने बताएका छन् ।
बुद्धविहार पुनःर्निमाण समितिले आज काठमाडौमा गरेको कार्यक्रममा उनले धर्म, संस्कृति, भाषा, साहित्य र कला संरक्षणको लागि महानगरपालिकाले सहयोग गर्ने बताए ।
भूकम्पका कारण क्षति भएका धेरै धार्मिक सम्पदाको पुनः र्निमाण हुन नसकेको भन्दै उनले सम्पदाको पुनः निर्माणको लागि स्थानीयवासिन्दासँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी, सांसद भिमसेनदाश प्रधानले क्षति भएका सम्पदाहरुको पुनः निर्माणमा ढिलाई भएको भन्दै गति दिन आग्रह गरे ।
काठमाडौ महानगरपालिकाले भूकम्पका कारण क्षतिपुगेको बागबजारस्थित बुद्ध विहारको पुनः निर्माणको लागि एक करोड सहयोग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्