
काठमाडौं, साउन ३१ । पछिल्लो समय मुलुकको पुँजीबजार निरन्तर ‘विषरिष ट्रेन्ड’मा रहँदै आएको छ ।
पुँजीबजारमा आधुनिक प्रविधि भित्र्याएर सहज बनाइएको छ । अर्थतन्त्रका अरु सूचक पनि सकारात्मक नै छन् ।
तरपनि हामीकहाँ नेप्से र कारोबार निरन्तर ओरालो लाग्दै आएका छन् ।
पुँजीबजार यसरी ओरालो लाग्नुमा सरकारको स्पस्ट नीतिको अभाव नै मुख्य कारण रहेको लगानीकर्ताहरु बताउँछन् ।
सरकारले तयारीविना पुँजीबजारसम्बन्धी नीति तर्जुमा गर्ने र समयमा सम्बोधन भने नगर्ने गर्दा पनि लगानीकर्ता हतास भएको लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।
सरकारी निकायले वास्ता नगर्दा ठूला लगानीकर्ताहरुसमेत अहिले दुविधामा रहेको उनको तर्क छ ।
सरकारले पुँजी बजारजस्तो संवेदनशील क्षेत्रमा नीति तर्जुमा गर्दा गहन अध्ययन, छलफल गर्ने र समस्या आएमा तत्काल गरेमात्र लगानीकर्ताहरुको मनोबल बढ्ने उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्