
काभ्रे, साउन ३१ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा करदाता शिक्षालाई अगाडि बढाउँदै लैजान आवश्यक रहेको बताएका छन् ।
इमान्दार व्यवसायीले प्रतिस्पर्धी ढंगमा व्यवसाय सन्चालन गर्नसक्ने वातावरण तयार गर्नु कर प्रणालीको प्रमुख उद्देश्य हुने उनको भनाइ छ ।
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित आन्तरिक राजश्व कार्यलय भवनको शुक्रबार उद्घाटन गर्नेक्रममा अर्थमन्त्री खतिवडाले उद्योग चलाउनेले करसम्बन्धी यथार्थता बुझ्नुपर्नेमा जोड दिए ।
अब करका दरहरु बढाउनसक्ने अवस्था नरहेको भन्दै उनले दायरा विस्तारको विकल्प नभएको पनि उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्