६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


सा पारु पर्वअन्तर्गत् दिवंगत परिवारजनको सम्झनामा नगर परिक्रमा


0
Shares

काठमाडौं, साउन ३१ । बौद्ध धर्मावलम्बी नेवार समुदायले सा पारु पर्वअन्तर्गत् दिवंगत परिवारजनको सम्झनामा शुक्रबार बौद्ध बहा, बहि र विहार परिक्रमा गरेका छन् ।

उनीहरुले साँस्कृतिक बाजागाजासहित बज्रयानी बौद्धपाठ गर्दै नगर परिक्रमा गरेका हुन् ।

मानन्धरलगायतका समुदायले जीवित देवी कुमारीको रथ परिक्रमा गर्ने बाटो हुँदै साँस्कृतिक बाजागाजासहित परिक्रमा गरिएको थियो ।

शनिबार ललितपुरको बुंगमतिमा रहेको रातो मच्छिन्द्रनाथको परिक्रमा गरेर बा पारु पर्व मनाइन्छ ।