
नवलपुर, साउन ३१ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् नवलपुरको अरुणखोलामा सवारी जाम बढेको छ ।
गएको बुधबार बिहान एउटा मालवाहक ट्रकले अरुणखोलाको पक्कीपुललाई ठक्कर दिँदा पुल क्षतिग्रस्त भएको थियो ।
‘डाइभर्सन’ बनाएर राजमार्गमा सवारी गुड्ने व्यवस्था मिलाइएपनि प्रभावकारी हुनसकेको छैन ।
अरुणखोलामा राजमार्गभन्दा दक्षिणमा बनाइएको डाइभर्सनमा एकतर्फीमात्र यातायात सन्चालन भइरहेको छ । डाइभर्सन पार गर्न धेरै समय लाग्ने गरको छ ।
डाइभर्सन निर्माण गरिएको स्थानमा ठूला मालवाहक गाडी फस्ने गरेकाले सवारी जाम बढेको हो ।
जंगल क्षेत्रमा जाममा परेका यात्रीहरुले पानीसमेत पिउन नपाएको गुनासो गरेका छन् ।
बाटो अवरुद्ध हुँदा एम्बुलेन्ससमेत मुस्किलले सन्चालन आएका छन् ।
प्रतिक्रिया दिनुहोस्