६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


पर्वतमा करेन्ट लागेर दुईजनाको मृत्यु


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, साउन ३१ । पर्वतको महाशिला गाउँपालिका वडा नम्बर–४, पाखापानीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान १० बजेतिर विद्युत् पोल गाड्नेक्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमा नै मृत्यु भएको हो ।

करेन्ट लागेर अर्का स्थानीय युवा भरत क्षेत्री घाइते भएका छन् । घाइते क्षेत्रीलाई उपचारका लागि पोखरा पठाइएको छ ।

पाखापानीमा काठको पोल विस्थापित गरी फलामे पोल गाड्नेक्रममा उनीहरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

घटनास्थलमा लुंखु प्रहरीचौकीबाट प्रहरीको टोली पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले बताए ।

मृतकहरुको शव पोस्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।