६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


डडेल्धुरामा एक वर्षमा ३१ जनाले गरे आत्महत्या


0
Shares

डडेल्धुरा, साउन ३१ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ ।

गत आर्थिक वर्षको तथ्यांकअनुसार डडेल्धुराका विभिन्न स्थानमा ३१ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार जिल्लामा झुण्डिएर २३ र विष सेवन गरी आठजनाले आत्महत्या गरेको तथ्यांक छ ।

गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा ८० वटा मुद्दा दर्ता भएका छन् । यसमध्ये सबैभन्दा बढी आत्महत्याका मुद्दा भएको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए ।

घरेलु हिंसा, सामाजिक सञ्जालको प्रयोग र प्रेम प्रकरण, शैक्षिक परिणाम तथा गरिबीलगायतका तनाव र बेरोजगारी आदि समस्याका कारणले समाजमा आत्महत्या र अपराधका घटनाहरु वृद्धि भइरहेको सरोकारवालाको भनाइ छ ।