२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


घरभित्रै वृद्धाको शव फेला


0
Shares

कञ्चनपुर, पुस १२ । पुर्नवास नगरपालिका–१ ढक्का हिरापुरका ७१ वर्षीय खण्टी भुल आइतबार घरभित्रै मृत अवस्थामा फेला परेकी छन् ।

घरमा एक्लै बस्दै आएकी वृद्धाको हत्या गरिएको आशङ्का गरिएको छ ।

शव रहेको स्थानमा रगत बगेको देखिएकाले घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ ।

आइतबार वृद्धा नउठेपछि छिमेकीले घरभित्र हेर्दा मृत अवस्थमा रहेको पाइएपछि प्रहरीलाई खबर गरेका हुन् ।

“मृतकको बायाँ कानमा चोट लागेको देखिएको छ”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले भन्नुभयो,

“कुकुरसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ ।

के कारणले वृद्धको मृत्यु भएको भन्ने बारे घटनास्थलको अनुसन्धान पश्चात मात्रै जानकारी हुन्छ ।”

मृतकका भाइ हिरे भुलका अनुसार खण्टीले कान र घाँटीमा लगाउने सुनका गहना समेत फेला परेका छैनन् ।