Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


वडाध्यक्षलाई कालोमोसो र चप्पलको माला


0
Shares

म्याग्दी, साउन ३० । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–२ का अध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द नेतृत्वको समूहका कार्यकर्ताले कालोमोसो दल्नुका साथै चप्पलको माला लगाइ दुर्व्यवहार गरेका छन् ।

बिहीबार कार्यालयमा मोसो लगाएको बताइएको छ ।

भ्रष्टाचार गरेको, राजश्व संकलनमा नातावाद–कृपावाद गरेको, बजेट वितरणमा मनोमानी गरेकोलगायतका आरोप लगाउँदै मोसो दलिएको चन्द समूहको दाबी रहेको छ ।

पटक–पटक सुझाव दिँदा पनि सुधार नभएकाले चेतावनीस्वरुप कालोमोसो दलेको चन्द समूहको भनाइ छ ।