
रसुवा, साउन ३० । रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुन्डमा लागेको मेला सम्पन्न भएको छ ।
गोसाइँकुन्डमा लाग्ने जनैपूर्णिमा मेलामा स्नान गर्ने तीर्थयात्रीहरुको संख्या गएको वर्षको तुलनामा बढेको गोसाइँकुन्ड मेला व्यवस्थापन समितिले जनाएको छ ।
यहाँ नागपञ्चमीका दिनदेखि जनैपूर्णिमाका दिनसम्म मेला लाग्ने गर्दछ ।
गोसाइँकुन्ड जाने सडकमार्गअन्तर्गत् राम्चे र मूलखर्कमा यो वर्ष पहिरो नगएका कारण पनि तीर्थयात्रीको संख्या बढेको हो ।
गोसाइँकुन्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले पापबाट मुक्ति मिल्ने, पितृको मोक्षप्राप्त हुनुका साथै मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
यो वर्ष करिब १२ हजार भक्तजनले मेला भरेको समितिले जनाएको छ ।
गोसाइँकुन्ड गाउँपालिका–५ मा अवस्थित गोसाइँकुन्ड समुद्री सतहदेखि ४ हजार ३८० मिटरको उचाइमा छ ।
प्रतिक्रिया दिनुहोस्