 
	    काठमाडौं । प्रिमियर लिग फुटबलको लण्डन डर्बीमा आज चेल्सी र आर्सनल भिड्दैछन् । रेलिगेशन जोन नजिक रहेको आर्सनल र उपाधि भिडन्तमा पछि परेको चेल्सीलाई लिगमा पुनरागमन गर्न आजको खेलमा जित आवश्यक रहेको छ ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनलले चेल्सी सँग राति सवा ११ बजे खेल्दैछ । आजै शीर्ष स्थानको दौडमा रहेका लेस्टर सिटी र म्यान्चेष्टर युनाइटेड भिड्दैछन् । लेस्टरको घरेलु मैदानमा दुवै टिम जित निकाल्दै शीर्ष स्थानको लिभरपुलँग अंक दुरी कम गर्ने प्रयासमा हुनेछन् ।
अन्य खेलमा रेलिगेशन जोनमा रहेको फुल्हमले साउथह्याम्टनसँग भिड्दा तालिकाको बीचमा रहेको एस्टन भिल्ला र क्रिस्टल प्यालेस आमने सामने हुनेछन् । उपाधि होडमा आफूलाई फर्काउन चाहेको म्यान्चेष्टर सिटीले न्युक्यासलसँग भिड्दा एभर्टन सेफिल्ड युनाईटेडको सामना गर्नेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्