
काठमाडौं । बुधबार केही घटेको सुनको मुल्य विहीबार पुनः उकालो लाग्यो ।
अन्तराष्ट्रिय बजारलाई पच्छयाउँदै यसदिन स्थानिय बजारमा छापावाल सुनको मुल्य तोलामा १२ सयले बढेर ७१ हजार ५ सयमा सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मुल्य ७ सयले घटेर ७० हजार ३ सयमा कारोबार भएको थिया । यस्तै चाँदीको भाउ पनि उकालो लाग्यो ।
चाँदीको भाऊ २० रुपैयाँले बढेर ८ सय ४० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुन प्रति औंन्स १५ सय ३० डलर हाराहारीमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्