९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


सुनको मूल्यमा सामान्य कमी


0
Shares

काठमाडौं, साउन २९ । पछिल्ला दिन निरन्तर ‘बुलिस ट्रेन्ड’मा रहँदै दैनिक उचाइको नयाँ ‘रेकर्ड’ कायम गर्दै आएको सुनको मूल्यमा बुधबार सामान्य कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले कमी आएर तोलाको ७० हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार तोलामा एक हजार रुपैयाँले उकालो लागेर तोलाको ७१ हजारमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउमा पनि तोलामा १५ रुपैयाँले कमी आएर तोलाको ८२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १५ सय २५ डलर हाराहारीमा कारोबार भएको थियो ।