Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा


0
Shares

काठमाडौं । संसद विघटनपछि नेकपा भित्रको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेपछि बागमती प्रदेशका तीन मन्त्रीले राजीनामा दिएका छन् ।

राजिनामा गर्नेमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा विकास निर्माण र सुशासन कायम गर्न नसकेका कारण सो मन्त्रिमण्डलमा बस्नु उपयुक्त नठानेर राजीनामा दिएको उनीहरुले बताएका छन् ।

मुख्यमन्त्रीका कारण सरकार जनताप्रति जवाफदेहीविहिन बन्दै जान लागेको कारण यही सरकारमा बसेर प्रदेश सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसक्ने निष्कर्ष निकाल्दै आजैका मितिबाट लागू हुने गरी राजिनामा दिएको राजीनामा पत्रमा उनीहरुले उल्लेख गरेका छन् । उनीहरु तीनै जना दाहाल-नेपाल पक्षका हुन् ।

दुलालका स्वकीय सचिव सीपी दुलालले पछिल्लो राजनितिक घटनाक्रमका कारण मन्त्री दुलाल सहित तीनै मन्त्रीले राजीनामा दिएको पुष्टि गर्नुभयो ।