यसरी लिन सकिन्छ ५६ लाख ९० हजार मूल्यको नयाँ जापनिज पिकअप « Image Khabar


यसरी लिन सकिन्छ ५६ लाख ९० हजार मूल्यको नयाँ जापनिज पिकअप


Imagekhabar
१० पुष २०७७, शुक्रबार ०९:२८

काठमाडौं । नेपाली बजारमा हालै जापनिज कम्पनी इसुजुको नयाँ पिकअप हाइल्यान्डर भित्रिएको छ । नेपालका लागि इसुजुको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले सो पिकअप नेपाली बजारमा उपलब्ध गराएको हो ।

फोर ह्विल ड्राइभ र फुल अप्सनमा उपलब्ध सो पिकअपमा सुरक्षाका लागि ईबीडी र बीए सहितको एबीएस, स्किड प्लेट, फ्रन्ट डिस्क ब्रेक, ड्युअल एयरब्याग तथा लोड लिमिटर सहितको सिटबेल्ट प्रि–टेन्सनर छ भने यसमा सेगमेन्टकै सबैभन्दा उच्च २२० एमएमको ग्राउन्ड क्लियरेन्स भएको कम्पनीको भनाइ छ ।

सो पिकअपको लम्बाई, चौडाई र उचाई क्रमशः ५२९५, १८६० र १७८० एमएम छ ।

इसुजुको पहिले देखि नै नेपाली बजारमा उपलब्ध डी–म्याक्स पिकअपमा जस्तै हाइल्यान्डरको डिजाइन ल्यांग्वेज छ । यसको अघिल्लो भागमा ह्यालोजन हेडल्याम्प, ग्रिल, बोनट र बम्पर छ । हेडलाइटसँगै फगलाइट हाउजिङ राखिएको छ ।

सो पिकअपमा टिल्ट स्टेयरिङ सिस्टम, चार स्पिकर, म्यानुअल एसी र फ्रन्ट तथा रियर हेडरेस्ट जस्ता सुविधाजनक फिचर छन् ।

सो पिकअपको हाल प्रारम्भिक मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । ग्राहकहरुले सामान्यतः ५० प्रतिशत सम्म रकम शुरुमा बुझाएर बाँकी रकम किस्तामा समेत तिर्न सकिन्छ । त्यसैगरी अन्य गाडीसँग एक्सचेन्ज समेत गर्न सकिने सुविधा समेत कम्पनीले उपलब्ध गराएको बताएको छ । नेपाल अटो

प्रतिक्रिया दिनुहोस्