दाहाल-नेपाल समुहद्धारा पुस १४ गते देशव्यापी आन्दोलनको घोषणा « Image Khabar


दाहाल-नेपाल समुहद्धारा पुस १४ गते देशव्यापी आन्दोलनको घोषणा


Imagekhabar
९ पुष २०७७, बिहीबार १८:३२

काठमाडौं, पुस ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुहले संसद विघटनबिरुद्ध सडक आन्दोलनको घोषणा गरेको छ ।

बबरमहलस्थित एक व्याङ्केटमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय १ सदस्सीय केन्द्रीय आन्दोलन परिचालन समिति बनाएर देशव्यापी आन्दोलन घोषणा गरेको हो ।

चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको बैठकले पहिलो चरण अन्र्तगत केन्द्रदेखि स्थानीय स्तरसम्म आन्दोलनका कार्यक्रम तय गरेको छ ।

घोषित पहिलो चरणको आन्दोलन अन्र्तगत भोली बिहिबार बिहान ९ः३० बजे माइतिघर मण्डला र मध्यान्ह १२ बजे निर्वाचन आयोगमा केन्द्रीय सदस्य र सांसदहरुको उपस्थितिमा विशेष कार्यक्रम गर्ने, बिहिबार नै अध्यक्षद्धय दाहाल र नेपालले पत्रकार सम्मेलन गर्ने रहेका छन् ।

यस्तै, ११ गते गते प्रदेश कमिटीको बैठक सम्बन्धित प्रदेशमै गर्ने तथा ७ दिनभित्र प्रदेश भेला गर्ने, १२ गते जिल्लास्तरिय कार्यकर्ता भेला गर्ने र १४ गते देशव्यापी विरोध प्रर्दशन गर्ने कार्यक्रम तय गरिएको छ ।

यस्तै, बैठकले २० गतेसम्म सबै नगर तथा गाँउ र २५ गतेसम्म वडास्तरमा बैठक एंव भेला गर्ने २० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म वडास्तरमा बैठक एवं भेला गर्ने निर्णय गरेको छ ।

यस्तै, शुक्रबारदेखि प्रत्येक दिन घोषित कार्यक्रमसंगसंगै कुनै न कुनै प्रकारको विरोध गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले पार्टी संगठन र पार्टीका रिक्त स्थानमा आवश्यकता अनुसार चयनको अधिकार स्थायी कमिटी बैठकलाई दिएको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले थप कदम चाल्नेसक्ने शन्र्दशमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा प्रवक्ता नारायणकाजी श्रेष्ठले जुनसुकै कदमको पनि प्रतिकार गर्ने चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्