२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


कोरोनाका मृतकमा सरकारी चलखेल, सेनाको भन्दा स्वास्थ्य मन्त्रालयको अन्तर ९६०


0
Shares

प्रज्ञा तिमल्सीना (इमेज)
काठमाडौं, पुस ९ । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याक अनुसार हालसम्म १ हजार ८ सय ८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

तर शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाको तथ्यांकले भने मृतकको संख्या निकै माथि देखाउँछ ।

कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको तथ्यांक स्वास्थ्य मन्त्रालयले र नेपाली सेनाले दिएकोमा ठुलो अन्तर देखिदै आएको छ ।

संक्रमणका कारण मृत्यु हुनेहरुको शव सुरुवाती चरण देखि नै व्यवस्थापन गर्दै आएको नेपाली सेना र स्वास्थ्य मन्त्रालयले प्रदान गर्ने गरेको तथ्याकमा ठुलो अन्तर पटक पटक भेट्दिै आएका थियो ।

तर दुवै निकायले आधिकारिक रुपमा तथ्याक दिएका छैनन् ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले सेनाले कोरोनाका कारणको मृत्यु हुनेहरु मध्ये पौष ८ गते सम्म २ हजार ७ सय ५९ जनाको शव व्यवस्थापन गरेको जानकारी दिनुभएको छ ।

प्रवक्ता पौडेलले स्वास्थ्य मन्त्रालयले प्रदान गरेको तथ्याक र सेनाको तथ्यांकबीच ९ सय ६० को अन्तर रहेको बताउनुभयो ।

नेपाली सेनाको तथ्याकलाई मान्ने हो भने नेपालमा कोरोना संक्रमणवाट २ हजार ७ सय ५९ व्यक्तिको मृत्यु भैसकेको छ ।

यद्यपी मन्त्रालयले भने हालसम्म १ हजार ८ सय माथी को मात्र मृत्यु पुष्टि गरेको छ ।

तथ्याक फरक परेको सूचना वाहिरिए पछि मन्त्रालयले अध्ययनका लागि गत कार्तिकमा समिति नै गठन गरेको थियो ।

लामो समय लगाएर अध्ययन गरेको समितिले तथ्याकमा अन्तर रहेको स्वीकारे पनि सेना सँगको तथ्याकमा कति फरक छ भन्ने सार्वजनिक गरेको छैन् ।

मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले समितिले दिएको सिफारिस अनुसार प्रदेश सरकारले हाल छानविन गरेर मृतकको तथ्याक पेश गर्ने गरेको दावी गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयले नेपाली सेनाले व्यवस्थापन गरेका सबै शव कोरोना संक्रमणका कारण मृत्य भएकाहरुको नहुनसक्ने जनाएको छ ।

सहप्रवक्ता अधिकारीले प्रदेशहरुवाट कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएका सबै तथ्याक सार्वजनिक गर्ने गरेको बताउनुभयो ।

यता नेपाली सेनाका प्रवक्ता पौडेलले भने कोरोना पोजेटिभ भएको रिपोर्ट, हस्पिटलले दिएको मृत्यु प्रमाणपत्र र परिवारको स्विकृतीमा मात्र शव व्यवस्थापन गर्ने गरेको बताउनुभयो ।

तर मन्त्रालयको तथ्यांक नै नआई सेनाले शव व्यवस्थापन गरेको दाबी विश्वासयोग्य देखिंदैन ।

यति ठूलो संख्याको तथ्यांक कसरी फरक पर्यो भन्ने विषयमा मन्त्रालयवाट आधिकारिक धारणा आउन ढिलाई हुँदा जनमानसमा आशंका बढेको छ ।

भिडियो हेर्नुहोस्

भिडियो : भरत केसी