
काठमाडौं । पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासले आज विभिन्न कार्यक्रम गरेको छ ।
पाकिस्तानी दूतावासमा भएको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत डाक्टर मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए ।
कार्यक्रममा पाकिस्तानका राष्ट्रपति डा अरिफ आलभी र प्रधानमन्त्री इमरान खानको सन्देश पढेर सुनाइएको थियो ।
सन्देशमा प्रधानमन्त्री खानले जम्मु–कश्मिर समस्या राजनीतिक र कुटनीतिक आधारमा सामाधान हुनु पर्ने धारणा राखेका छन् ।
कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत जावेदले जम्मु कश्मीरमा दिगो शान्तिको कामना गर्दै आपसी सद्भावको खाँचो औंल्याए ।
उनले कश्मीर समस्या र काश्मीरका नागरिकले भोग्नु परको समस्याको बारेमा धारणा राखेका थिए ।
राजदूत जावेदले १९६० मा स्थापित भएको नेपाल –पाकिस्तानको कुटनीतिक सम्बन्ध सुमधुर रहेको बताए ।
नेपालमा रहेका पाकिस्तानी जनताको सहभागिता रहेको कार्यक्रममा जम्मु कश्मीर पाकिस्तानको मुटु भएको र जम्मु कश्मीरको अवस्था झल्काउने व्यानर र पम्पेलेट प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्