पौडेल पक्षको भेलापछि कांग्रेसले आन्दोलन गर्ने « Image Khabar


पौडेल पक्षको भेलापछि कांग्रेसले आन्दोलन गर्ने


Imagekhabar
९ पुष २०७७, बिहीबार १६:४३

काठमाडौं । प्रतिनिधि सभा विघटनलाई कसरी हेर्ने र विघटन विरुद्ध सडकमा जाने कि नजाने भन्ने अन्योलमा रहेको नेपाली कांग्रेसले अन्ततः विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा विघटन विरुद्ध सडकमा जाने नजाने विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको थियो । यसैबीच पौडेल पक्षले बिहीबार बिहान भेला गरी एक पक्षीय रूपमा आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

दिउँसो बसेको कार्य समिति बैठकमा पौडेल पक्षको तयारीको विषयमा भएको छलफलपछि पुस १३ गते विघटन विरुद्ध प्रदर्शन गर्ने संस्थागत निर्णयमा कांग्रेस पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्