
काठमाडौं, पुस ९ । पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७३९ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५५१० जनाको पीसीआर परीक्षण भएको छ ।
सक्रिय संक्रमितको संख्या ७३८४ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८०८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्